रूपन्देहीमा ट्रिपरको ठक्करबाट साइकलयात्रीकाे मृत्यु 



रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ वर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दन्यौरा रूपन्देहीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस्