निर्वाचनका लागि वार शुरु भइसक्यो, कांग्रेस नै पहिलो दल बन्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनका लागि वार सुरु भइसकेको बताएका छन् ।

आज कांग्रेस गण्डकी प्रदेश कार्यलय पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुवावका लागि वार सुरु भइसकेकाले कहाँ र कसरी लड्ने भन्ने बारेमा तयारी गर्ने बेला भएको बताएका छन् । नेता थापाले स्थानीय निर्वाचनमा कांग्रेस नै पहिलो दल बन्ने समेत ठोकुवा गरेका छन् ।

नेता थापाले कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल अथवा कसरी चुनाव लड्छ भन्ने कुरा आगमी केन्द्रीय समितिको बैठकमा छलफल हुने पनि बताएका छन् । महामन्त्री थापाले चुनाव तोकिएकै समय बैशाख ३० गते नै हुने समेत दाबी गरेका छन् ।

उनले भने अलमल हुने कुनै कुरा छैन, स्थानीय चुनावको बारेमा शंका गर्नुपर्ने कारणै छैन,सबलाई अब चुनाव लाग्यो निर्वाचन ३० गतेको तलमाथि एक दिन पनि हुँदैन । महानत्ती थापाले कांग्रेसले फागुनको अन्तिम साताबाट चुनावी अभियान शुरु गर्ने पनि बताएका छन् ।

‘उनले अगाडी भने फागुन २९ बाट घर जाउ काँग्रेस जिताउ अभियान शुरु हुन्छ । ७७ जिल्लाका लागि केन्द्रीय सदस्य खटाइनेछ। फागुन २७ गते केन्द्रीय समितिको बैठक राख्छ । सात वटा प्रदेशमा सात सहमहामन्त्री खटाउँनेछ । चैत २७ र २८ गते उम्मेद्वार तयार हुन्छ । अभियानको दुईटा चरण उम्मेद्वार बनाउनुअघि उम्मेद्वार आइसकेपछि अर्को चरण । मतदाता संवाद गर्छौ । नयाँ भोटरसँग संवाद गर्छौ’।

प्रतिक्रिया दिनुहोस्