बर्दिया बस दुर्घटना अपडेट : केही घाइतेको नाम खुल्यो



बर्दिया : काठमाडौंबाट बझाङका लागि छुटेको साइपाल डिलक्सको बस दुर्घटनामा परेका केही घाइते पहिचान भएको छ। शनिबार बिहान ११ः३० बजे हिँडेको सुदूरपश्चिम यातायातको ना६ख साइपाल डिलक्स बस आइतबार बिहान ४ बजेतिर बर्दियाको रम्भापुरमा दुर्घटनामा परेको थियो। 

घाइेते हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका २ का २३ वर्षीय प्रेम बोहरा, बझाङकै जयपृथ्वी नगरपालिका २ का २९ वर्षीय प्रेमप्रसाद जोशी, बर्दियाका मधुवन नगरपालिका ५ का ५७ वर्षीय कर्ण बहादुर थापा, मधुवनकै ५२ वर्षीय पदम गुरुङ छन्। 

त्यसैगरी २९ वर्षीय गोपाल नेपाली, बर्दिया ठाकुरबाबा नगरपालिका नगरपालिका २ का ३० वर्षीय मेघराज चौधरी, मधुवन नगरपालिका ७ का ६५ वर्षीय करण थामीमगर, मधुवन ५ का ठाउँका विष्णु शार्की, कैलाली टीकापुर नगरपालिका १४ का ३० वर्षीय रुप रावल, टीकापुर ८ का २५ वर्षीय रेवत तिमील्सिना छन्।

त्यस्तै सोही ठाउँका २१ वर्षीय हेमराज बुढा, कैलालीको भजनीका रेसम चौधरी पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुरमा दुर्घटना हुँदा ४ जना महिला र बाँकी १२ जनाभन्दा बढी पुरुष घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ। घाइतेको कोहोलपुर मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

बझाङका यात्रु बढी भएकाले बझाङकै यात्रु बढी घाइते भएको हुनसक्ने प्रहरी अनुमान छ। घाइतेमध्ये बर्दिया मधुवन नगरपालिकाका ५२ वर्षीय पदम गुरुङ र २९ वर्षीय गोपाल नेपालीसहित अन्य ३ जनाको अवस्था गम्भीर छ। 

बस दुर्घटनापछि चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । बसमा चलानी नभेटिएको बिलबुक मात्र भेटिएकाले कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरी भनाई छ ।

सहचालक कैलालीको अत्तरियामा पगेका उनले मृगलाई साइड दिन खोज्दा दुर्घटना भएको बताएका घाइते प्रेम बोहराले बताए । 

प्रतिक्रिया दिनुहोस्