तुलाधरको अन्तिम बिदार्इ (तस्बिरहरु)



काठमाडौं : पूर्वमन्त्री तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार काठमाडौंस्थित शोभाभगवतीमा धार्मिक परम्पराअनुसार अन्तिम स‌ंस्कार गरिएको छ । उनको आइतबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको थियो ।

गत ९ कात्तिकमा अन्नपुर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका तुलाधरलार्इ नर्भिक अस्पताल रेफर गरिएको थियो । उनी ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री भएका थिए ।

०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका उनी लामो समयदेखि बामपन्थी राजनीतिमा सकृय हुँदै आएका थिए । पछिल्लो समयमा उनी मानवअधिकारकर्मीका रुपमा रहँदै आएका थिए ।

तुलाधरको अन्तिम बिदार्इमा उपप्रधान तथा रक्षामन्त्री र्इश्वर पोखरेल, उर्जामन्त्री वर्षमान पुन तथा नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ओनसरी घर्ती, कांग्रेसका रामचन्द्र पौडेल, गगन थापा, अर्जुन नरसिंह केसी, विमेलेन्द्र निधी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्