टेलिग्रामले लगायो रुसी सरकारी सञ्चारमाध्यमलाई युरोपभर प्रतिबन्ध



काठमाडौं । रुसी सरकारी सञ्चारमाध्यमलाई टेलिग्रामले युरोपभर प्रतिबन्ध लगाएको छ । फेसबुक, ट्विटर, युट्युब र टिकटकपछि टेलिग्रामले युरोपमा रुसी सरकारी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको हो । विश्वकै सबैभन्दा छिटो सूचना सम्प्रेषण गर्ने म्यासेजिङ एप टेलिग्रामले रसियन सरकारी मिडिया आरटीलाई युरोपभर प्रयोग गर्न नमिल्ने गरी प्रतिबन्ध लगाएको जनाएको छ ।

टेलिग्रामका प्रवक्ताले शुक्रबार सबै आरटी मिडिया च्यानललाई ब्लक गरिएको जनाएका छन् । यो प्रतिबन्धले स्पुतनिकलगायत अन्य रुसी मिडिया प्रभावित हुनेरनहुनेबारे भने प्रष्ट भइसकेको छैन । यसअघि इयूका अधिकारीले आरटी युद्ध प्रोपोगण्डाको माध्यम बनिरहेको भन्दै टेलिग्रामलाई चेतावनी दिएको थियो । टेलिग्राम रसिया–युक्रेन युद्धबारे जानकारी लिने दुवै पक्षको माध्यम बन्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्