सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित



कैलाली : सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगित भएको छ। सूचना जारी गर्दै अर्को बैठक असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको हो।

सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बैठक स्थगित गरिएको हो।

यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए। गत बिहीबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि बैठक स्थगित गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्