यस्ता छन् चनाका ७ फाइदाहरू



काठमाडौं । हाम्रो भान्सामा चना प्राय: हुन्छ । हामीले चना तरकारीको रूपमा होस या भिजायर भएपनि काचो खाने गरेका छौं । चना हाम्रो शरीरको लागि निकै फाइदाजनक रहेको छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् ।

चनामा पनि गाढा खैरो वा कालो चना खानाले शरीरलाई धेरै नै फाइदा पुर्‍याउँछ । यसमा क्लोरोफिल, भिटामीन ए, बी, सी, डी र के पाइनुका साथै फस्फोरस, पोटासियम, म्याग्नेसियम र खनिज पनि पाइन्छ । चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ ।

चनाका फाइदाहरू

१. रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

२. चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम लगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।

३. चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।

४. एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।

५. चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।

६. रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।

७. नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोर लगायत दाग, दाद आदि आएमा निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्