बाँदर धपाउन जाँदा लडेर मृत्यु



 

विराटनगर :   सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकामा बाँदर धपाउने क्रममा भिरबाट लडेर सोमबार एक वृद्धको मृत्यु भएको छ । 

 

खुम्बु–पासाङल्हामु गाउँपालिका–२ का ७० वर्षीय निमा थुन्डु शेर्पाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बाँदरले बारीमा लगाएको बाली नष्ट गर्न थालेपछि धपाउने क्रममा उनी वाङ्दु भिरबाट लडेर करिब ६ सय मिटर तल पुगेका थिए। शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटिएर कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्