विधान टुंग्याउने प्रयासमा कांग्रेस



काठमाडौं : नेपाली कांग्रेसले विधान संशोधनको काम अन्तिम चरणमा पुर्‍याएको छ। कांग्रेसको विधान संशोधन मस्यौदा समितिको सोमबार बसेकाे बैठकले मस्यौदालाई अन्तिम टुंगो लगाएकाे छ।

संघीय संरचनाअनुसार पार्टीलाई लैजान र सांगठानिक सुदृढिकरणका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ७ गते समिति गठन गरेको थियो। समितिले चार सदस्यीय उपसमिति (टास्क फोर्स) बनाएर निरन्तर विधान संशोधन मस्यौदा निर्माणको काम गर्दै आएको थियो।

 

‘उपसमितिमा कुनै पनि विवाद रहेन, यसअघि असहमति रहेका विषयलाई पनि टुंग्यायौं’, उपसमिति सदस्य रमेश लेखकले भने, ‘यसलाई अब १३ सदस्यीय पूर्ण समितिमा छलफल भएर हामी विधानलाई अन्तिम रूप दिन्छौं।’ उपसमितिले विधान मस्यौदालाई अन्तिम रूप दिएपछि आइतबार समिति सदस्यलाई अध्ययनका लागि मस्यौदा वितरण गरिएको थियो।

 

‘समिति सदस्यले अध्ययन गरेर मस्यौदामाथि आफ्ना राय सुझाव दिन्छन्, उहाँहरूकै सुझावअनुसार विधानमा केकति परिमार्जन गर्ने भन्ने निर्क्योल हुन्छ’, बडूले भने, ‘हाम्रो प्रयास भोलि (२० गते) बस्ने केन्द्रीय समितिमा पेस गर्ने हो।’ कांग्रेसले करिब एक महिनापछि केन्द्रीय समिति बैठक बोलाएको हो। यसअघि असोज २१ गते बसेको केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको थियो।

 

समिति सदस्य प्रदीप पौडेलले पनि विधानमाथि धेरै विवाद नरहेको बताए।

 


यी समाचार पनि पढ्नुहाेस्

पौडेल निवासमा संस्थापन इतर समूहको बैठक           

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छुः देउवा

प्रतिक्रिया दिनुहोस्