नेप्सेमा सामान्य गिरावट, दुई अर्ब ४९ करोडको मात्र कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से आज (आइतवार) तीन दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय ४३ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज बैंकिङ, होटल, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । आज दुई सय ३० वटा कम्पनीका ५१ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्