दरबारमा सुनको चर्पी, भिजिटर्सले पनि प्रयोग गर्न पाउने



सुन्दै अचम्म लाग्छ सुनको ट्वाइलेट भोर तर यो वास्तविकता हो ।

 

बेलायतको सबैभन्दा ठूलो दरबार ब्लेनहिममा सुनको ट्वाइलेट बनाइने भएको छ । भिजिटर्सले पनि यो ट्वाइलेट प्रयोग गर्न पाउनेछन् । बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलको जन्म भएको कोठामा यस्तो ट्वाइलेट सिट राखिनेछ । युनेस्कोले यो दरबारलाई विश्वसम्पदामा सूचीकृत गरेको छ ।

अक्सफोर्ट सायरमा रहेको ब्लेनहिम प्यालेस पूर्वप्रधानमन्त्री विस्टन चर्चिलको घर हो । उनकै कोठाको नजिक यो ट्वाइलेट सिट राखिनेछ ।

रिपोर्टअनुसार भिजिटरले यो ट्वाइलेट हेर्न मात्रै होइन, उपयोग पनि गर्न सक्नेछन् । यो अनुभव मार्लबोरो परिवारका वर्तमान सदस्यका लागि पनि नयाँ हुनेछ ।

उनको वंशजले तीन सय वर्षभन्दा लामो समयदेखि सुविधासम्पन्न यो दरबार प्रयोग गर्दै आएका छन् । ब्लेनहिम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलले भने, ‘म चाँदीको चम्चा मुखमा लिएर जन्मिएको हुँ । तर, मैले पनि कहिल्यै सुनबाट बनेको ट्वाइलेट सिटको प्रयोग गरिनँ ।’ 

स्पेन्सर चर्चिलले यो ट्वाइलेट सिटको सुरक्षाका लागि पर्याप्त व्यवस्थापन गरिने पनि बताएका छन् । यसको प्रयोगका लागि टिकटको व्यवस्था गर्ने या लाइनमा लाग्नुपर्ने भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

सन् २०१६ मा गेगेनहिम संग्रहालयमा प्रदर्शनीमा राख्दा २ घण्टासम्म लाइनमा बस्नुपरेको थियो । यस क्रममा हरेक १५ मिनेटमा सफाइकर्मीले ट्वाइलेट सफा गर्थे । करिब १ लाखले यो ट्वाइलेट सिट हेरेका थिए । केहीले सेल्फीसमेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्