‘मन्तर मोहनी’मा मह जोडी, ५० वर्ष पुरानो गित प्रेम अड्डा रिलिज



काठमाडौं । गायिका सराना श्रेष्ठको स्वर रहेको गीत ‘मन्तर मोहनी’ सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटाको शब्द र सङ्गीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) फिचर्ड छन् । भिडियोमा उनीहरूलाई जादूगरको भूमिकामा देखाइएको छ ।

भिडियोमा मह जोडी, गायिका श्रेष्ठ, अभिनेता पुष्प खड्का र बाल कलाकारमा साम्राज्ञी क्षेत्री फिचर्ड छन् । गोपालकृष्ण महर्जन र सराना निर्माता रहेका भिडियोमा प्रवीण मानन्धरको कलर र भीएफएक्स, बिक्रम स्वाँरको कोरियोग्राफी, हरि हुमागाईंको छायाङ्कन र सरानाको निर्देशन छ ।

साथै मदन कृष्ण श्रेष्ठको ५० वर्ष पुरानो गित प्रेमअड्डा रिलिज भएको छ । कलाकारमा मदनकृष्ण श्रेष्ठ, पुजा चन्द लामाको भूमिकामा रहेको छ । जसमा सिवहरी पौडेलले वकिलको भूििमका निर्वाह गरेका छन् । गितको छायाँकन अमेरिकामा गरिएको हो ।

गितमा शब्द र रचना मदनकृष्ण श्रेष्ठको रहेको छ भने संगित स्व नगेन्द्र हाडाले भरेका छन् । भिडियोको निर्देशन सरना श्रेष्ठले गरेकी छन् । गितको छायाँकन विक्रान्त श्रेष्ठले गरेका हुन् सम्पादन नविन निरौलाले गरेका छन् । यो गितको भिडियो मह सञ्चारमा रिलिज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्