आयोगका अध्यक्ष दत्तलाई सुदूरपश्चिम प्रदेशमा सम्मान 



काठमाडौं : मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तलाई सुदूरपश्चिम साहित्य समाजले एक विशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ‘मधेशीको समस्या र समाधान’ विषय अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

अध्यक्ष डा. दत्तले प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग समेत औपचारिक भेटघाट गरि प्रदेशमा रहेको मधेशी समुदायको अवस्थाको बारे जानकारी लिएका छन्। उनले नेपाल–भारत सिमा क्षेत्रको समेत निरीक्षण गरि त्यहाँको अवस्था बारे समेत  जानकारी लिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्