सार्वजनिक सम्पत्ति हडपेर केबलकार सञ्चालन गरेकाे भन्दै विरोध



काठमाडौँ : सार्वजनिक सम्पत्ति हडपेर कालिञ्चोक मन्दिरमा केबुलकार सञ्चालन गर्न लागिएको भन्दै कालिञ्चोक सरोकार तथा संघर्ष समितिले विरोध जनाएको छ । 

कालिञ्चोक क्षेत्रमा ‘कालिञ्चोक’, ‘त्रिपुरा’ र ‘भूमेश्वर’ नामक नक्कली गुठी खडा गरी केबलकार सञ्चालकले सार्वजनिक वन क्षेत्र हडपेको संघर्ष समितिका सल्लाहकार नरबहादुर पाख्रिनले बताए । नक्कली गुठीको नामबाट उक्त केबलकारले भोगाधिकारका लागि २.४१ हेक्टर राष्ट्रिय जंगल हडपेको उनले दाबी गरे । 

राष्ट्रिय सम्पत्ति जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्दै उनले उक्त केबुलकार प्रचलित कानुनविपरीत निर्माण गरिएकाले विरोध गर्नुपरेको बताए ।

 

उनले भने, 'केबुलकार सञ्चालनमा स्थानीय जनताको आपत्ति छैन, हामी विकासविरोधी पनि होइनौँ, तर कानुनसम्मत तरिकाबाट केबुलकार सञ्चालन हुनुपर्छ ।” मन्दिरको दर्शन गर्न आउने यात्रीलाई सहज हाेस् भन्दै कालिञ्चोक दर्शन लिमिटेडले केबलकार सञ्चालन गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्