प्रदेश ५ को बजेट पारित



बुटवल : प्रदेश ५ सरकारले असार १ गते ल्याएको बजेट बहुमतले पारित भएको छ। आर्थिक वर्ष २०७६र०७७ को लागि ल्याएको ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट सोमबार प्रदेशसभाले पारित गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मा सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ ५१ प्रतिशत अर्थात् १८ अर्ब ५७ करोड ६४ लाख रहेको छ।

चालुतर्फ ३७ प्रतिशत अर्थात १३ अर्ब ४५ करोड ५ लाख बजेट विनियोजन भएको छ। वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहका लागि ४ अर्ब ३८ करोड ९८ लाख छ। प्रमुख विपक्षी दल कांग्रेसले भने पहुँचका भरमा बजेट बनाइएकोले कार्यान्वयन हुन नसक्ने दाबी गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्