बझाङमा हाइस दुर्घटना, ४ जना गम्भीर घाइते



बझाङ : धनगढीबाट बझाङको चैनपुरतर्फ गइरहेको हाइस केदारस्युँ गाउँपालिकाको बाग्थलामा दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा दुई बालबालिका र दुई युवा गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा भक्त दमाइ, मन्सरा दमाई, शिशिर दमाई र अमृता दमाई रहेका छन्।

सुर्मा साइपाल यातायात प्रालीकोे से१ख १९५४ हाइस ट्रकलाई साइड दिने क्रममा दुर्घटनामा परेको स्थानीय भानुभक्त रावलले बताए। दुर्घटनाका घाइतेहरूको बाँझ स्वास्थ्य केन्द्र बाग्थलामा उपचार हुन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्यकेन्द्र देउलेख रेफर गरिएको छ।

हाइसले विपरीत दिशाबाट आइरहेको ट्रकलाई साइड दिन खोज्दा अनियन्त्रित भइ एक सिलाइकटाई पसल छेडेर अर्को पसको भित्तामा रोकिएको छ। 

प्रतिक्रिया दिनुहोस्