११ वर्षमा एक लाख दुर्घटना, २० हजारभन्दा बढीको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गएको छ । यी अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । 

आर्थिक वर्ष २०६४/६५ देखि १०७४/७५ सम्म ९१ हजार ८५७ दुर्घटना भएका छन् । ती दुर्घटनामा २० हजार १७७ जनाले ज्यान गुमाएका छन् । ११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत पाँच व्यक्तिको ज्यान जाने गरको देखाउँछ । 

औसतमा वर्षमा एक हजार ८०० भन्ला धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपदबाट हुने मृत्युभन्दा झन्डै दुई गुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९०० को ज्यान जाने गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्