त्रिविका तीन पदाधिकारीको राजीनामा माग



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निकट प्राध्यापक संघले पदाधिकारीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

एक विज्ञप्ती जारी गर्दै निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको तीन प्राध्यापकहरुले आरोप लगाएका छन् । विज्ञप्तीमा वर्तमान पदाधिकारीको नियुक्ति पछि प्राज्ञिक उन्नतीका कुनै काम हुन नसकेको प्रति आपत्ति जनाइएको छ ।

‘आफैंले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्तिदिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

शैक्षिक क्यालेन्डर लागू गर्ने नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसकेको आरोप लगाइएको छ। विश्व विद्यालयमा पदाधिकारीले आफू खुसी नियम बनाएर आफ्ना भनिएकालाई मात्र सेवा, र सुविधा तथा नियुक्ति दिएको आरोप लगाइएको छ।

एकिकृत समाजवादी प्राध्यापक संगठन नेपालको तर्फबाट प्रा।डा। गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनको तर्फबाट प्रा।डा। रमेश भट्टराई र प्रजातान्त्रिक प्राध्यापक संघ नेपालको तर्फबाट सह प्रा। जगत तिमिल्सिनाले पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्