प्रधानमन्त्री अझै केही दिन आराममै



काठमाडौं : पाँच दिनको अस्पताल बसाइपछि फर्केका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधार भए पनि अझै केही दिन सार्वजनिक कार्यक्रममा नजाने भएका छन् । 

उनले अहिले अत्यावश्यक काम प्रधानमन्त्री निवास बालुवाटारबाटै गरिरहेका छन् ।

नियमित भेटघाट कम गरेका छन् । ‘अझै केही दिन निवासमै आराम गर्नुहुन्छ, तत्काल सार्वजनिक कार्यक्रममा जानुहुन्न,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘महत्वपूर्ण काम निवासबाटै गरिराख्नुभएको छ ।’ हस्ताक्षर गर्नुपर्ने फाइलहरु निवासमै मगाउने गरिएको छ । 

प्रधानमन्त्री ओली अघिल्लो शनिवार पाटीको चियापान कार्यक्रममा गएका थिएनन् । सोमबार उपराष्ट्रपतिले आयोजना गरेको चियापानमा पनि सहभागि भएनन् । राजनीतिक सहयात्री पद्यरत्न तुलाधारको निधनमा प्रधानमन्त्री ओलीले शोक सन्देश पठाए । यो समाचार आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्