माओवादी बागमती प्रदेश भेला आज, प्रचण्डले उद्घाटन गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला आज हुँदैछ । भेलाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिएका छन् । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय लिइने उनको भनाइ छ ।

ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो । आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप बागमती प्रदेशको भेला राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्