खाने पानी मन्त्री लाइ कालोझण्डा देखाउन खोज्दा चार घाइते



कंचनपुर : खाने पानी तथा सरसफाइ मन्त्री बिना मगरलाई कालो झन्डा देखाउन खोज्दा काँग्रेस र नेकपाका कार्यकर्ताबिच झडप भएको छ ।

कञ्चनपुरको  पुनर्वास नगरपालिकाको नगरअधिवेसन उद्घाटन गर्न  पुगेकी मन्त्री मगरलाई  नेपाली काँग्रेस कार्यकर्ताले कालो झन्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ता सँग झडप हुँदा ४ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

झडपमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय , नेपाली काँग्रेस बेलौरी नगर सचिव विक्रम चन्द, नेता हरेन्द्रसिह विष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् । घाइतेहरूको कैलालीको धनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार भई रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्री बिना मगरलाई कालो झन्डा देखाउने कार्यक्रम तय  गरेको जानकारी पाएपछि झन्डै ३०० सुरक्षा कर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्