बगी कुुकुरः चौकीदारीदेखि भेडीगोठालासम्म



जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इ भेडा होईनन् । तिनलाई हेर्ने गोठाला कुकुर हुन् । 

छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गोठमा एक सय २० वटा भेडा छन् । भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् । 

लिउडी गाउँकै चाउरा सेजुवालका ७० भेडा चरन गर्दा बगी नामको कुकुरले रेखदेख गर्छ । कुुकुर पुजाको दिन यिनलाई विशेष पुजा पनि हुन्छ । 

आज्ञाकारी मानिएको जन्तुले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा तिर्न हिन्दु धर्ममा यमपञ्चकको दोस्रो दिन तिहारमा टीका र सयपत्री फुलको माला लगाई सकेसम्म मीठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्