२५ हजार घुससहित कर्मचारी पक्राउ



सुर्खेत : सल्यानमा २५ हजार रुपैयाँ घुस रकमसहित एक कर्मचारी पक्राउ परेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुख (शाखा अधिकृत) धन बहादुर वली घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले वलीलाई कार्यालय परिसरबाटै रङ्गेहात पक्राउ गरेका जनाइएको छ। इकाइ प्रमुख वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरेका थिए। अख्तियारको टोलीले वलीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्