कालीगण्डकी नदीमा र्‍याफ्टिङ राकियो



पर्वत : मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्टिङ ) जलयात्रा रोकिएको छ । कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।

मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढेपर्छि र्‍याफ्टिङ रोकिएको व्यवसायी होमबहादुर पुनले जानकारी दिए ।

विशेषगरी चैत, वैशाख र जेठ महिनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।

वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुनः सञ्चालनमा आउने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्