कांग्रेसमा विधान किचलो



काठमाडौं : कांग्रेसमा पदाधिकारी संख्या यथावत् राख्दै केन्द्रिय कार्यसमिति १ सय २५ सदस्यीय पुर्‍याउने विधान संशोधन मस्यौदा समितिको प्रस्तावप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फरक मत राख्ने भएको छ । पौडेल निवास बोहराटारमा सोमबार बिहान बसेको बैठकले पधाधिकारी संख्या बढाउनुपर्ने निष्कर्ष निकालेको छ । 

त्यसैलगत्तै पार्टी केन्द्रीय कार्यालयमा बसेको मस्यौदा समितिको बैठकमा पौडेल पक्षीय सदस्यहरुले पदाधिकारी थप गर्ने प्रस्ताव राखेका छन् । १ सय २५ सदस्यीय केन्द्रीय कार्यसमिति पुर्‍याउँदा पदाधिकारी ११ जना हुनुपर्ने प्रस्ताव छ । 

विधान मस्यौदा समितिका सदस्यसमेत रहेका पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सभापतिका अतिरिक्त तीन उपसभापति, तीन महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष गरी एघार पदाधिकारीको विकल्प अघि सारिएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकको दोस्रो पृष्ठमा विश्लेषण सहित छ ।

प्रतिक्रिया दिनुहोस्