पेट्रोल पम्पहरूले तेल लुकाउन थाले



काठमाडौं । पेट्रोलियम पदार्थ अभाव चर्किदै जाँदा पेट्रोल पम्पहरूले तेल लुकाउन थालेका छन्। अभावका बेला लुकाएर कालोबजारी गर्न खोज्ने काठमाडौंको सामाखुसीस्थित एक पेट्रोल पम्पको पेट्रोल सरकारले जफत गरी सर्वसाधारणलाई वितरण गरेको छ। 

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले शुक्रबार सामाखुसीको आकाशजोगिनी इन्टरप्राइजेजको २ हजार चार सय लिटर पेट्रोल जफत गरेको छ। 

ट्यांकर चालकको हड्तालका कारण पेट्रोलियम आपूर्ति असहज हुन थालेपछि विभागले उपत्यकाभरी अनुगमनलाई तिब्र पारेको छ। 

प्रतिक्रिया दिनुहोस्