भारतीय गाडीद्वारा एकसाथ पाँच सवारीसाधनमा ठक्कर, एक गम्भीर घाइते



पोखरा : पोखरामा एक भारतीय गाडीले तीन मोटरसाइकल र एक स्कुटीलाई ठक्कर दिएको छ। लेकसाइडस्थित हल्लनचोकमा  एचआर ०९ एल ०००९ नम्बरको भारतीय गाडीको ठक्करबाट तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको स्थानीय मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ। बुधबार दिउँसो हल्लनचोकमा सो मोटरसाइकल र स्कुटीलाई ठक्कर दिएर भागेको सो गाडीले गैह्राचौतारीमा अर्को एक ट्याक्सीलाई समेत ठक्कर दिएको थियो। गाडी चालक अजय बराल र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। चालक बरालले मादक पदार्थ सेवन गरी गाडी चलाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्