मेयरको डोजरले किच्दा बालकको खुट्टा काटियो 



रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ । डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो ।

जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुट्टा काटेर उपचार भईरहेको छ ।घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन ।

उता मेयर शर्माले भने क्षतिपुर्ति र उपचार गर्ने सर्तमा कुरा मिलेको बताए । स्थानीय र उनका अभिभावकहरुले सहयोगीले डोजर चलाएको कारण घटना घटेकोले कारबाही समेत हुनुपर्ने माग गरेका छन । रोकाको अहिले दुवै खुट्टा काटेर ललितपुर स्थित आन्नद बन अस्पतालमा उपचार भईरहेको  छ । 

 

प्रतिक्रिया दिनुहोस्