ठडिँदै भूकम्पले भत्किएका सम्पदाहरु (फोटो फिचर)



काठमाडौं । विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ ।

वसन्तपुरस्थित हनुमानढोका ।

 

ललितपुरको ठेचोस्थित ब्रम्हायणी मन्दिर ।

 

३ ललितपुरको ठेचोमा रहेको ब्रम्हायणी मन्दिर ।

 

काठमाडौंको वसन्तपुरस्थित निर्माणाधिन माजुदेवल मन्दिरलगायत ।

भक्तपुरको तौमडी नजिकै निर्माणाधिन ल्क्ष्मीनरसिंह मन्दिर ।

 

वसन्तपुरको नौतले दरवार ।

तस्बिर : न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्