पीपीएल फाइनल आज, कस्ले मार्ला बाजी ?



कास्की : घरेलु क्रिकेटमा सर्वाधिक सफल दुई कप्तान पारस खडका र शरद भेषावकर पीपीएल क्रिकेटको उपाधिका आज भिडदैछन । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको पहिलो संस्करणको पीपीएल क्रिकेटको उपाधि भिडन्त आज पोखरा रंगशालामा हुनेछ ।

 

बिहान ११ बजे हुने खेलमा पारसको कप्तानीमा रहेको चितवन राइनोज र शरदको कप्तानीमा रहेको पोखरा पल्टन मैदान उत्रदा एउटै लक्ष्य हुनेछ उपाधि उचाल्ने । यसअघि हिजो भएको पत्रकार सम्मेलनमा पनि दुवै टिमका कप्तानले आफुहरुको लक्ष्य उपाधि उचाल्नु रहने बताएका थिए । कात्तिक ९ गतेबाट सुरु भएको पीपीएल क्रिकेटमा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो ।

 

पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गर्दा चितवनले इलिमिनेटरमा काठमाडौंलाई पराजित गर्दै फाइनल पुगेको हो । प्रतियोगिता अन्र्तगत पोखरा र चितवन लिग चरणमा पनि एक पटक खेलिसकेका छन । जुन खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार रहेको पीपीएल बिजेताले २७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाखमा चित्त बुझानेछ ।

प्रतिक्रिया दिनुहोस्