मनसुन शुरु भएसँगै बेनीबजारमा बाढी, स्थानीय त्रसित



म्याग्दीः मनसुन शुरु भएसँगै सदरमुकाम बेनीको अस्पतालचोकमा बाढी आएको छ । पानी बग्ने ढल निर्माण नगरि खनिएको सडकले अस्पतालचोकमा बाढी आएर घर भित्र पसेपछि स्थानीय त्रसित बनेका छन् । बुधबार बेलुका अस्पतालचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट बाढी आएर चोकका होटल,घर र फलफुल पसलमा पसेको थियो ।

माथिबाट आउने पानी बगेर कालीगण्डकीमा मिसिने  खोल्सोलाई पुरेर यसै वर्ष सडक निर्माण गरिएको थियो । बाढीसँगै आएको हिलो जति होटल र फलफूल पसलमा पसेको छ । पानी बग्ने ढल पुरेर निर्माण गरिएको अब्यवस्थित सडकको परिणाम रहेको बेनी बसपार्कका ब्यवसायिहरुले बताए । सडक निर्माणपछि डोजर लगाएर ढल सफा गरेर निकास बनाउने भन्दा जनप्रतिनिधि र नगरपालिकाले बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

सडक निर्माणसँगै बाढी बग्ने ढल निर्माणमा वेवास्ताले यो क्षति भएको अस्पतालचोकका वासिन्दाहरुको भनाई छ । यो समयमा सधै जस्तो पानी पर्ने गर्छ, अवका दिनहरुमा आउने बाढीले बसपार्कमा ठुलो क्षति निम्ताउन सक्ने स्थानीय विमल श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस्