काठमाडौं : काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ । काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमडौंको तापक्रम सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार तापक्रम १ डिग्री घटेको हो । मौसमविद् वरुण पौडेलका अनुसार मौसम सफा भएकाले यो वर्ष सँधैभन्दा छिटै देशभरी कै न्यूनतम तापक्रम घटेको हो ।
राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घट्ने उनले बताए । अहिले तुरुन्तै पानी पर्ने संभावना नरहेको पनि मौसमविद् पौडेलले बताएका छन् । मंगलबार पूर्वी पहाडी क्षेत्रको मौसम दिउँसोपछि आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने महाशाखाको अनुमान छ ।