पाँचथरमा आगलागी , ५६ लाखभन्दा बढीको क्षति



पाँचथर : पाँचथरको  कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा बिहीबार बिहान लागेको करिब तीन घण्टा पछि नियन्त्रणमा आएको छ । बिहान साढे ६ बजे सुरु भएको आगलागी करिब तीन घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

सदरमुकाम फिदिमबाट करिब २ घण्टाको दुरीमा रहेको यो ठाउँमा आगलागी नियन्त्रण भएपछिमात्र फिदिमबाट गएको दमकल पुगेको थियो । आगलागीबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले  घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो । सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज वानबहादुर चौहानले बताए ।

आगलागीबाट सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्