मुख्यमन्त्री पोखरेल र राजदूत साइगोबीचको भेट : दुई मुलुकलाई लाई बौद्ध संस्कृतिले जोडेको चर्चा



बुटवल : मुख्यमन्त्री शङ्कर पोखरेल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्त्वपूर्ण रहेको बताए ।  

राजदूत साइगोले नेपाल र जापानबिचको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैँ तयार रहेको बताए । उनले  शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए ।

उनले प्रदेश र स्थानीय सरकारहरूलाई छलफलका आधारमा सहयोग गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्