मेयर प्रसाईद्वारा घरमै पुगेर अशक्तहरुलाई ह्वील चियर प्रदान



हरिवन : हरिवन नगरपालिकाले आफ्नाे नगरलाइ अपांग मैत्री नगर बनाउने अभियान सुरु गरेकाेछ। नगरभित्रका अपांगहरुलाई केहि राहत स्वरुप सहयोग गर्न र नगरपालिकाले लिएको अपांग मैत्री नगर बनाउने अभियानलाई सफल बनाउन हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले नगरपालिकाको तर्फबाट हिंड्न नसक्ने अशक्तहरुलाई घरमै पुगेर ह्वील चियर प्रदान गरेका हुन्।

नगरपालिकाले निर्धारण गरेको लक्ष्य अनुरुप आज (बिहीबार) नगर प्रमुख गणेश प्रसाई र वडा न.८ का अध्यक्ष यज्ञ बिनोद ढुङ्गेल लगायतका व्यक्तिहरुले हरिवन न.पा. वडा न.८ निवासी ६८ वर्षीय यशोदा बराल र त्यसै वडाकी ३४ वर्षीय रन्जिता सिंजाली मगरलाई घर मै पुगेर मानवीय नाताले सहयोग स्वरुप ह्वीलचियर प्रदान गरेका छन्।

यशोदा बराल भने वृद्ध अवस्थाकी छन् र उनी पूर्ण रुपमा प्यारालाईसिस रोगि हुन्, त्यस्तै रन्जिता भने कक्षा ९ मा अध्यनरत हुँदा ढाडको समस्याको कारणले अपरेसन गराउदा ढाडको नसा काटिएर बिगत २० वर्ष देखि अशक्त छिन् l

प्रतिक्रिया दिनुहोस्