सप्तरीमा भीषण आगालागी, दर्जनाैं घर जले (फोटो फिचर)



सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शनिबार मध्यराति भीषण आगलागी भएको छ। स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका दर्जनाैं घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए।

गाउँलेहरू गाउँमै भोज खाइरहेका बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् । हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र राजविराजस्थित प्रहरी तालिम केन्द्रको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा ३ बजे आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष यादवले बताए ।

आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्