३८ सय किलो सुन तस्करी प्रकरण: धरौटीमा रिहा भएका प्रहरीको निलम्बन फुकुवा हुँदै



काठमाडौं: ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा निलम्बनमा परेका ३ प्रहरी अधिकारीको निलम्बन फुकुवा हुने भएको छ। उच्च अदालत विराटनगरको आदेशमा केही दिनअघि मात्रै धरौटीमा रिहा भएका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीको निलम्बन फुकुवा हुन लागेको हो।

धरौटीमा रिहा भएपछि उनीहरुले निलम्बन फुकुवा हुनेपर्ने माग राख्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेका थिए। प्रहरी प्रधान कार्यालयले उनीहरुको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको स्रोतले जानकारी दियो।

माघको पहिलो साता साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएसँगै गायब पारिएको थियो। सुन बोक्ने भरियाको काम गरेका शाक्यको मोरङको उर्लाबारीका गत फागनु १८ गते हत्या भएको थियो।

उक्त घटनाको छानबिन गर्न सरकारले २०७४ चैत २० गते गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले घटनामा संलग्नता रहेको भन्दै यी तीनै अधिकारीलाई प्रतिवादी बनाएको थियो। त्यसपछि उनीहरुलाई निलम्बन गरिएको थियो।

गत असोज २ गते उच्च अदालत मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको थियो भने गत शुक्रबार एसएसपी दिवेश लोहनी र आइतबार डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा भएका थिए।

साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए। उनीहरुमध्ये तीन जनाको निवेदनमात्र सुनुवाइ भएको छ। अन्य २३ निवेदन सुनुवाइ हुने क्रममा छन्।

तीनै जना सुरक्षा अधिकारीलाई संगठित अपराधका विभिन्न दफा लगाएर मुद्दा दायर गरिएको थियो। त्यसैगरी संगठनको कार्यक्षेत्र नाघेको, गोरेलाई भगाउन सहयोग गरेको, सुन तस्करीका लागि सहयोग गरेको लगायत आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको