सिरहा: लहानमा सञ्चालन भइरहेको जलस्रोत तथा सिँचाइ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कांग्रेसले तालाबन्दी गरेको छ ।
संघीय सरकारको निर्णयविपरीत प्रदेश सरकारले कार्यालय अन्यत्र सार्न खोजेको भन्दै कांग्रेसले आइतबारदेखि कार्यालयमा तालाबन्दी गरेको हो । झन्डासहित पुगेका कांग्रेस कार्यकर्ताले कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्दा कार्यालयको कामकाज प्रभावित भएको छ ।