हिजो मात्रै ४० किलो सुन र ५ सय ५० किलो चाँदी बिक्री, यस्तो छ कारण



काठमाडौं : यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ । यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ ।

अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ ।

धनत्रयोदशीमा अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुने गर्थ्यो । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्