संघीयता बलियो बनाउन स्थानीय सरकारलाई मजबुत बनाऔं : पूर्वमुख्यमन्त्री पौडेल



काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् ।

‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो की,’ पौडेलले भने । स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसकेको उनले जनाए । स्थानीय सरकार बलियो नहुन्जेल संघीयताको जग बलियो नहुने समेत उनले बताए ।

उनले काठमाडौं उपत्यकालाई कुनै प्रदेश अन्तर्गत नराख्न कार्यक्रममा उपस्थित रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्