पोखरा महानगरको गेटमा लागेको ताला खुल्यो , यस्तो भयो सहमति 



पोखरा : पोखरा महानगरपालिका मुलद्वारमा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेको तालाबन्दी शुक्रवार खुलेको छ । वडागत रूपमा अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति भएपछि ताला खोलिएको हो ।

बुधवारको नगर सभा बैठकमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेड बुक च्यातेका थिए । उनीहरूले आफूहरूको माग सम्बोधन हुनुपर्ने माग राख्दै बिहीबार महानगरको मुलद्वारमा ताला लगाएर दिनभर धर्ना बसेका थिए ।

पोखरा महानगरले मङ्गलवार ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । बजेटको ३६ प्रतिशत भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्