मलेसियामा विश्वकै सबैभन्दा ठूलो वाटर स्लाइड, गिनिज बुकमा रेकर्ड हुँदै 



मलेसियाको पेनांगमा विश्वका मानिसको ध्यान आकर्षित गर्ने वाटर स्लाइड निर्माणाधीन छ। यो विश्वको सबैभन्दा लामो र अग्लो स्लाइड भएको बताइएको छ। तेलुक बहागको स्केप थिम पार्कमा बनिरहेको यो स्लाइडको लम्बाइ ११ सय ४० मिटर रहने बताइएको छ। त्यसैगरी यसको उचाइ ७० मिटर अग्लो हुनेछ।

अगस्टसम्ममा यो बनिसक्ने र विश्वभरका मानिसका लागि खुला गरिने छ। जुन गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ज हुने बताइएको छ। 

थिम पार्कका अधिकारीहरुका अनुसार गिनिज बुक अफ वल्र्ड रेकर्डका कर्मचारीद्वारा यसको परीक्षण (टेस्ट ड्राइभ) हुने र त्यसपछि यो त्यस बुकमा समावेश हुनेछ। यस स्लाइडको मुनि आइपुग्न समेत चार मिनेट लाग्ने अधिकारीहरुले बताएका छन्।  

हाल सबैभन्दा लामो र अग्लो वाटर स्लाइडमा न्यु जर्सीमा छ। जुन २०१५ मा गिनिज बुकमा रेकर्ड भएको थियो। यसको लम्बाइ ६ सय ५ छ। खासमा यो स्लाइड गिनिज बुकमा दर्ता गर्ने उद्देश्यले भने नबनाइएको निर्माणमा संलग्न अधिकारीहरुले जनाएका छन्। यस वाटर स्लाइडको माध्यमबाट यहाँ आउने पर्यटकले यस पार्कका सबै दृश्य देखून भन्ने उद्देश्य आफूहरुले लिएर यो बनाउन थालिएको निर्माणमा संलग्न अधिकारी सिम चू ले बताएका छन्।

उनले भने, ‘हाम्रो उद्देश्य विश्व रेकर्ड तोड्ने थिएन, तर यो हामीले हाँसिल ग-यौं। यसमा हामीलाई गर्व छ।’ त्यस वरपरका रुख विरुवा संरक्षण गरी यस स्लाइड बनाउँदा पर्दा काम निकै चुनौतीपूर्ण भएको उनले बताए। 

वाटर स्लाइडको माध्यमबाट पर्यावरण सन्तुलनमा सहयोग पुग्ने उनले बताए। साथै उनले रुख बिरुवा नकाटेर यस क्षेत्रलाई हरियाली बनाइराख्न आफूहरुले निकै मिहिनेत गरेकोसमेत बताए। 

प्रतिक्रिया दिनुहोस्