चालक गाडी चलाउन सहमत भए, हडताल फिर्ता



काठमाडौं: विभिन्न माग राखेर आन्दोलित सवारी चालकहरू आन्दोलन फिर्ता लिन सहमत भएका छन्। 

आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि चालकले आन्दोलन फिर्ता लिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए। 

छलफलमा थुनामा परेका चालकलाई रिहा गर्ने सहमति पनि जुटेको उनले बताए। 

‘कानुनी व्याख्याको बुझाइको कमजोरीले उहाँहरूले आन्दोलन गरेको देखियो,’ सचिव अधिकारीले भने, ‘हामीले स्पष्ट पारेपछि सवारी सुचारु गराउन उहाँहरू सहमत हुनुभएको छ ।’ 

चालकहरूले उठाएका अन्य विषय पनि समाधान गर्दै जाने सहमति जुटेको छ।

प्रतिक्रिया दिनुहोस्