धनुषामा ढाेका फोडेर खुकुरी प्रहार, बाउ-छोरी घाइते



धनुषा:  धनुषामा मंगलबार बिहान अज्ञात समूहले सुतिरहेकै ठाउँमा आक्रमण गरी बाउ-छोरीलाई गम्भीर घाइते बनाएको छ। 

 

धनौजाी गाउँपालिका-४, तरहीस्थित आफ्नै घरमा बिहान ४ बजेतिर सुतिरहेका बेला ढोका फोडेर पसेका आक्रमणकारीहरूले ५० वर्षीय अबदुल नदाफ र उनकी छोरी १७ वर्षीया नजमुल खातुनलाई खुकुरीले हानेका हुन्।

 

खुकुरी प्रहारबाट अबदुलको टाउकोमा तथा नजमुलको बायाँ हातको औंलामा चोट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि घाइते दुवैलाई जनकपुर अञ्चल अस्पताल पठाइएको र आक्रमण गर्ने समूहको खोजी भइरहेको धनौजीस्थित प्रहरी चौकीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्