तिहारमा आमालाई उपहार 



जनकपुरधाम : धनुषा चेम्बर अफ कमर्सले वृद्धाश्रममा आज लुगा वितरण गरेको छ ।

चेम्बर धनुषाका अध्यक्ष विजय साहको अध्यक्षता र प्रदेशसभा सदस्य परमेश्वर साहको प्रमुख आतिथ्यमा जनकपुरस्थित जानकी वृद्धाश्रमका १६ जना वृद्ध आमालाई साडी, फलफूल र मिठाई वितरण गरिएको छ । 

कार्यक्रममा जनकपुरको विकासमा धनुषा चेम्बरले अझ बढी काम गर्नुपर्ने प्रदेशसभा सदस्य साहले बताए । उनले वृद्धाश्रममा रहेका आमालाई चेम्बरले गरेको सहयोग सराहनीय भएको बताए । 

 

कार्यक्रममा आमाहरुलाई दीपावलीमा रमाइलो होस् र आफ्नो दायित्व पूरा गर्न चेम्बरले यो कार्यक्रम गरेको वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले जनाए ।

 

आश्रमकी सञ्चालिका सीता अधिकारीले प्रदेश सरकारले हालसम्म सहयोग नगरेको भन्दै गुनासो गरिन् । समुदायको सहयोगमा नै २१ वर्षदेखि आश्रम सञ्चालन भएको उनले बताए । आश्रममा सबैभन्दा बढी उमेरकी धनुषा रघुनाथपुरकी लीला ढकाल हुनुहुन्छ ।

 

उहाँ ९२ वर्ष पुगिसक्नुभएको छ । आश्रम सञ्चालन भएदेखि उहाँ त्यहीँ बस्दै आउनु भएको आश्रम सञ्चालिका अधिकारीले बताइन् । 

 

प्रतिक्रिया दिनुहोस्