रामेछापमा जिप दुर्घटनामा एकको मृत्यु, वडाध्यक्ष गम्भीर घाइते



काठमाडौं : रामेछाप दुरागाउँमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने वडाध्यक्ष गम्भीर घाइते भएका छन्।

लिखु तामाकोशी गाउँपालिका १ तेर्सेमा शनिबार बिहान दुरागाउँबाट साब्रा जाने क्रममा ना४च ६२०५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। 

दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ भने वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते भएका छन‍्। दुर्घटना हुन लागेको चाल पाएपछि वडाध्यक्ष र चालक जिपबाट हाम फालेका प्रत्यक्षदर्शीले बताएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्