बारको नयाँ नेतृत्वका लागि मतदान शुरु



काठमाडाैंः नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए। निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदीश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ।

दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ। 

प्रतिक्रिया दिनुहोस्