पास्नीको भोज खाँदा ३७ जना विरामी, अस्पताल भर्ना



धादिङः धादिङको गजुरी गाउँपालिका–५ चिसापानीमा एक घरमा शुक्रबार पास्नीको भोज खाँदा ३७ जना बिरामी परेका छन् । स्थानीय राजाराम मिजारको छोरीको भोज खाएका ३७ जनालाई फुड प्वाइजन भएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिएका छन् ।

बिरामी परेकाहरुलाई गाउँबाट उद्धार गरी गजुरीमा रहेको गजुरी अस्पताल प्रालिमा भर्ना गरिएको छ । बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका छन् । २३ जनाको उपचार भइरहेको र गाउँमा अन्य सामान्य विरामी परेका १४ जना रहेको जनाइएको छ ।

१६ महिला र ९ जना पुरुषको उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्