सेवानिवृत विज्ञ कर्मचारीसँग प्रदेश सरकारले लाभ लिनु पर्छः प्रदेश प्रमुख कायस्थ 



जनकपुरधामः अहिले प्रदेश सरकारलाई विभिन्न विषयमा बिभिन्न विद्वानको आवश्यक्ता रहेको प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले बताको छ । सेवा निवृत्त कर्मचारी परिषद जनकपुरको सोह्रौं साधारणसभा तथा रजत जयन्ती समारोह २०७६ कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का प्रदेश प्रमुख कायस्थले सेवा निवृत्त कर्मचारीहरुले अब फरक फरक  विसयगत समिति बनाएर अगाडि बढ़न सल्लाह दिएका छन ।

कायस्थले भने,  अबको दिनमा तपाईहरुले आफ्नो विज्ञता र अनुभवको सदुपयोग गर्दै सरकारलाई दिन सक्नु पर्छ र सरकारले पनि तपाईसँग ज्ञान लिन सक्नु पर्छ । 

प्रदेश सरकारलाई अहिले विषयगत जानकारहरुको आवश्यक्ता रहेको बेला सेवाबाट अवकाश प्राप्त कर्मचारीहरुले सरकारसँग सहकार्य गरि प्रदेशलाई सम्वृद्ध गराउन भूमिका निर्वाह गर्न र लाभ लिन राम्रो अवसर भएको जानकारी दिए ।

कायस्थले प्रदेश सरकार अहिले भूमि व्यवस्थापन, कृषि, शिक्षा र स्वास्थ्यमा नीति कार्यक्रममा बिभिन्न कार्यक्रम ल्याएको तर व्यवहारमा लागू गर्न सेवा निवृत्त कर्मचारीको सहयोग आवश्यक रहेको तर्क गरेको छ 

प्रदेश प्रमुख कायस्थले सरकारलाई विभिन्न माध्यमलाई अपनाएर सहयोग गर्न सक्ने वातावरण निर्माण गर्न पनि कर्मचारीलाई सुझाव दिए । 

साधारण सभामा राष्ट्रिय जनता पार्टी नेपालका नेता प्रदेश सभा सदस्य परमेश्वर साहले सेवा निवृत्त कर्मचारी देश र मधेशको अभिन्न अंग रहेको बताए । 

सेवा निवृत्त कर्मचारीको अनुभव र दक्षता अहिलेका प्रदेश सरकार र स्थानिय सरकारले लिन नसकेको तर्क गर्दै उनले कर्मचारीको अनुभव बाट प्रदेश २ सरकार फाइदा लिन आश्वासन दिए । 

अहिले प्रदेश २ सरकार कानून बनाउने क्रममा रहेको जिकिर गर्दै नेता साहले भने, अहिले प्रदेश २ सरकारले संघीय सरकारलाई वार्षिक ४ खर्व रुपैया दिएको तर संघीय सरकारले ८ जिल्लामा यस आर्थिक वर्षमा १४ अर्व रुपैया मात्र दिएको छ । 

संघियाता संस्थागत गर्न प्रदेश सकरकार अहिले लागि परेको उल्लेख गर्दै नेता साहले यो प्रदेशलाई सम्मुनत गर्न र बनाउन मेहनत गरिरहेको बताए । उनले 

संघीयता संस्थागत गर्न सेवानिवृत कर्मचारीको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

ई.रामचरित्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामेश्वर साहले सेवा निवृत्त कर्मचारीको व्यक्ति वृत्ति र सम्मान जनक जीवन बाँच्न पाउनको लागि नै आफु यस संस्थाको स्थापना गरेको बताए । 

यो संस्था कर्मचारीहरु लागि पारिवारिक संस्था रहेको र सेवा निवृत्त भई सकेका कर्मचारीको सुख दुःखमा सहयोगी शिद्ध होस भनेर नै संस्थाको उत्पति भएको स्पष्ट पारे ।

उनले संस्थामा राजनीतिकरण नहुने जिकिर गर्दै नव कार्य समितिको गठन सर्वसम्मति भए राम्रो संदेश जाने आग्रह गरेका छन ।

राजर्षि जनक विश्व विद्यालयका प्रमुख भरत झाले उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश २ का विद्यार्थीहरु प्राविधीक विषय पढ़न बाहिर न जानु पर्ने अवस्थाको सिर्जना गर्न आफू दत्त चित भएर लागेको बताए । 

कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी रामरतन मिश्र , पूर्व अध्यक्ष जुगलकिशोर लाभ लगायत सयौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । सेवा निवृत्त कर्मचारीको संस्थाले २५ वर्ष पूरा गरी २६ औ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयंती समारोहमा ‘रजत जयन्ती स्मारिका २०७६’ समेत प्रकाशन गरेका छन ।

परिषदको वार्षिक साधारण सभामा धनुषा, महोत्तरी, सिरहा, सर्लाही र सप्तरी लगायत जिल्लाका सेवानिवृत कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्