पाेखरा पल्टनसामु चितवन राइनाेजले दियाे १६१ रनकाे लक्ष्य



पाेखरा : पीपीएल क्रिकेटमा चितवन राइनोजले पोखरा पल्टनसमक्ष १ सय ६१ रनको लक्ष्य दिएकाे छ।

 

मंगलबार टस हारेर पहिले व्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनायो।

 

चितवनका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान दिए। यस्तै, सन्नी पटेलले ४३, अनिल कुमार साहले ३७ रन जोड्दा आरिफ शेख १४ रनमा नटआउट रहे।

 

पोखरा पल्टनका कृष्ण कार्कीले दुई विकेट लिँदा ललित राजवंशी र मोहम्मद नाभिदले समान एक–एक विकेट लिए। पोखरा पल्टनले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया दिनुहोस्